Aadarsh-Daily

केन्द्र सरकारबाट पर्सा जिल्लालाइ पाँच अर्ब बजेट

ad-4p

आगामी आर्थिक वर्ष २०७९/८० मा सङ्घ सरकारले समानीकरण, सशर्त र विशेष अनुदान गरी पर्सा जिल्लाको लागि पाँच अर्ब १० करोड १६ लाख रुपैयाँ विनियोजन गरेको छ ।

content ad p2

वीरगंज महानगरपालिकालाई एक अर्ब ४४ करोड ८६ लाख, पर्सामा रहेका तीनवटा नगरपालिकालाई र एक अर्ब ६४ लाख तथा १० वटा गाउँपालिकालाई दुई अर्ब ६४ करोड ६७ लाख रुपैयाँ बजेट विनियोजित गरेको छ ।

पोखरिया नगरपालिकालाई ३३ करोड ३२ लाख, पर्सागढी नपालाई ३१ करोड ४७ लाख र बहुदरमाई नपालाई ३५ करोड ८५ लाख रुपैयाँ विनियोजित गरेको देखिन्छ ।

content left

त्यसैगरी, छिपहरमाई गापालाई २८ करोड ३५ लाख, जगरनाथपुर गापालाई २८ करोड ८९ लाख, धोबिनी गापालाई २२ करोड १२ लाख, पकाहामैनपुर गापालाई २१ करोड, पटेर्वासुगौली गापालाई २८ करोड तीन लाख, विन्ध्यवासिनी गापालाई २४ करोड ४० लाख, सखुवाप्रसौनी गापालाई ३३ करोड ९८ लाख, ठोरी गापालाई ३१ करोड २६ लाख, कालिकामाई गापालाई २२ करोड २९ लाख, जीराभवानी गापालाई २५ करोड ३५ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

स्थानीय तह अन्तर्गत सूत्रमा आधारित अनुदान र कार्यसम्पादनमा आधारित अनुदान घटबढ भएकाले अन्य पालिकाबीच बजेटको अन्तर देखिन्छ ।

विशेष अनुदान नपाउने स्थानीय तहमा नौवटा पालिका छन् । धोबिनी, सखुवाप्रसौनी, विन्ध्यवासिनी, पकाहामैनपुर, छिपहरमाई, कालिकामाई गाउँपालिका र बहुदरमाई, पोखरिया, पर्सागढी नगरपालिका रहेका छन् ।

यसपालिको बजेटमा महानगरलाई रु दुई करोड, जगरनाथपुर गापालाई एक करोड ४४ लाख, पटेर्वासुगौली गापालाई दुई करोड, ठोरी गापालाई दुई करोड ८५ लाख र जीराभवानी गापालाई एक करोड विशेष अनुदान पाएको देखिन्छ

सम्बन्धित खबर

पर्सामा ठूलो परिमाणको गाँजा फेला, घरबाट ५५ केजीसहित एक पक्राउ

Aadarsh Daily

सरकारले तोकेको समर्थन मूल्यमा धान बेच्न किसानको आकर्षण

Aadarsh Daily

मधेस सरकारले किसानका लागि मल अनुगमनदेखि राहतसम्मका निर्णय

Aadarsh Daily