Aadarsh-Daily

चुनाव असहयोग गरेको भन्दै काङ्ग्रेसका कार्यकर्ताद्वारा जसपाका कार्यकर्ता माथी निर्घात कुटपिट

ad-4p

सिरहाको धनगढीमाई नगरपालिका वडा नम्बर ७ कसहामा स्थानीय तहको निर्वाचनमा आफू पक्षको पार्टीलाई सहयोग नगरेको भन्दै काङ्ग्रेसका केहि गलत कार्यकर्ताहरुले जसपाका कार्यकर्तामा माथी निर्घात कुटपिट गरेको छ्।

content ad p2
content left

सोही गाउँ बस्ने रामजी यादवको छोरी सुजिता कुमारी यादवको बिवाहको जयन्तीलाई स्वागत र सहयोग गर्न आएका स्थानीय ३८ वर्षिय शिव कुमार महतोलाई स्थानीय नेपाली काङ्ग्रेसमा लागेका गोबिन्दा यादव,इनर कुमार यादव,संजय कुमार यादव,रबिन्द्र यादव,लिल कुमार यादव,प्रमिल यादव लगायतका काङ्ग्रेसका केही गलत कार्यकर्ताहरुले आफ्नो पार्टीलाई स्थानीय निर्वाचनमा सहयोग नगरेको भन्दै बिवाहको मौका छोपेर स्थानीय जसपाका कार्यकर्ता शिव कुमार महतोलाई बिहेको राती एकासि लखेटेर महतोलाई निलडाम नहर्ने गरी निर्घात कुटपिट गरेका छन।

कुटपिट पश्चात् घाइते महतोलाई उपचारको लागि स्थानीय मेटाे मेघा हेल्थ केयर प्रा.ली.कसहामा उपचार भईरहेको स्थानीय समाजसेवी सुरेन्द्र कुमार महतोले बताए। डा.राम चलितर महतोका अनुसार राती कुटपिट भएको ब्यक्तीलाई प्रहरीले उपचारका लागी ल्याउदा बिरामीको अवस्था नाजुक रहेको बताए। महतोलाई शरीरको विभिन्न भागमा गहिरो चोट पटक लागेको र उपचारका लागी हामीले भर्ना राखीएको हो।आवश्यक पर्‍यो भने बाहिर पनि पठाउन सक्छु डाक्टर महतोले बताए।

पीडितको श्रीमती अमिरका देवी महतोका अनुसार सोही ब्यक्तीहरुले मेरो घरको सदस्यहरुलाई पटकपटक कुटपिट गर्ने गरेको छ्।दोसिलाई कार्वाहीको जोडदार माग गरेका छन् भने
उपचारमा लाग्ने खर्च र क्षतिपूर्तिको समेत माग गरेका हुन्। चुनाव सम्पन्न भए लगत्तै नेपाली काङ्ग्रेसका कार्यकर्ताहरुले पुर्व ग्राही हुँदै जसपाका महतोलाई बिवाहको मौका छोपी कुटपिट गरेको स्थानीय इन्द्र कुमार महतोले बताए।
प्रहरी चौकि कसहाको इन्चार्ज देबेन्द्र यादवले पत्रकारहरु रिपोर्टिङको लागी अस्पताल पुगदा सानोतिनो घटनामा पत्रकारलाई किन बोलाएको पीडित पक्षलाई भनेका थिए। नेपाली काङ्ग्रेस सिरहामा गलत नेता कार्यकर्ताहरुको कारण सिरहा नेपाली काङ्ग्रेस बदनाम हुँदै आएका छन्

सम्बन्धित खबर

जसपा नेपालका नेताहरूलाई एमाले प्रवेश गराउँदै पूर्वमन्त्री प्रदीप यादव को विस्फोटक टिप्पणी—‘कांग्रेस लास र दासको पार्टी बनिसक्यो, अब देश जोगाउने जिम्मा एमालेको काँधमा’

Aadarsh Daily

प्रदीप यादवको अभियानले विपक्षी चकित, वडाध्यक्ष रौनियार एमालेमा प्रवेश

Aadarsh Daily

उम्मेदवारी खारेजविरुद्ध रेशम चौधरीको रिटमा आज सर्वोच्चमा सुनुवाइ

Aadarsh Daily