

आमा समुहमा पोषण सम्बन्धी जनचेनामूलक १ दिने तालिम सम्पन्न भएको छ ।
युनिसेफ नेपालको सहयोगमा र बिन्दबासिनी गाउँपालिकाको कार्यालय बहुवर्वा भाठ्ठाको आयोजनामा गाउँपालिकाको कार्यालयमा आज कार्यक्रम सम्पन्न भएको छ ।
गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत राजु साहको सभापतित्वमा सम्पन्न भएको कार्यक्रम सञ्चालन राम प्रवेश साहले गरेका थिए ।
कार्यक्रममा महिला स्वयम् सेबीका ,आमा समुहका प्रतिनिधि लगायतका गाँउपालिकाको वडा नम्बर १ र २ वडाका ३०/३० जना आमा समुहका पदाधिकारी र सदस्यहरु उपस्थिति रहेको थियो । कार्यक्रमको स्वास्थ्य शाखा प्रमुख नरेश चौहान , जय नारायण पण्डित , विक्रम प्रसाद साह , पिंकी कुशवाहा लगायतको उपस्थिति रहेको थियो।


