Aadarsh-Daily

पर्सामा अख्तियारकाे प्रबेश, पहिलाे निशाना कालिकामाई

ad-4p

वीरगंज । पर्साकाे कालिकामाई गाउँपालिकामा अख्तियरार दुरुपयाेग अनुसन्धान आयाेग हेटाैंडाकाे टाेली पुगेकाे छ । गाउँपालिकाकाे विभिन्न याेजनामाथी परेकाे उजरीकाे सम्बन्धनमा छानविन गर्न प्रहरी निरिक्षककाे नेतृत्वमा प्राविधिकसहितकाे टाेली पुगेकाे आयाेग हेटाैंडाका सूचना अधिकारी विष्णु प्रसाद सापकाेटाले जानकारी दिए ।

content ad p2

कालिकामाईमा पुगेकाे अख्तियारकाे टाेलीले गत आर्थिक बर्षमा प्रमुख प्रशासकिय अधिकृत जयचन्द्र साहकाे पालामा वडा नं. ३ हरिहपुरमा निर्माण भएकाे पुल र सडक ढलानकाे स्थलगत निरिक्षण गरेकाे छ । स्थलगत निरिक्षणकाे क्रममा अख्तियारकाे प्राविधिकले मापदण्ड अनुसार सडक र पुल निर्माण भए, नभएकाे बारेमा चेकजाँच समेत गरेका थिए ।

content left

साे पुल ४० लाखकाे लागतमा ठेक्दार कम्पनी मार्फत निर्माण भएकाे थियाे । पुल मापदण्ड र स्टिमेट अनुसार निर्माण नभएकाे उजरी परेपछि अख्तियारकाे टाेली याेजना निर्माण स्थल मै पुगेर छानविन गरेकाे हाे ।

यसअघि पनि कालिकामाई गाउँपालिकामा अख्तियारले छापा हानी छानविन गरेकाे थियाे । प्रमुख प्रशासकिय अधिकृत जयचन्द्र साह कै पालामा विपद व्यवस्थापनकाे रकम लगायतकाे याेजनामा भएकाे हिनामिनाकाे सम्बन्धमा अख्तियार गाउँ कार्यपालिका कार्यालयमा पुगी दुई दिन सम्म छानविन गरेकाे थियाे ।

यसैगरी पर्साकाे अन्य पालिकाकाे याेजनामाथि परेकाे उजरीकाे सम्बन्धमा पनि अख्तियारकाे टाेलीले स्थलगत छानविन गर्ने बुझिएकाे छ ।

सम्बन्धित खबर

पर्सा–१ मा कडा प्रतिस्पर्धाः एमालेका प्रदीप यादव अगाडि, कांग्रेस र रास्वपा ग्राफ घट्दै

Aadarsh Daily

बिन्दवासिनीमा एमाले उम्मेदवार रुपेश कुमार पाण्डेयको सशक्त घरदैलो अभियान

Aadarsh Daily

पर्सा–२ मा परिवर्तनको आह्वान : रास्वपाका सुशील कुमार कानुले तीव्र पारे घरदैलो अभियान

Aadarsh Daily