Aadarsh-Daily

बजेट परम्परागत र कामचलाउ मात्र छः प्रमुख प्रतिपक्षी दलका नेता सोनल

ad-4p

जनकपुर, २ असार । मधेस प्रदेश सरकारले सार्वजनिक गरेको आर्थिक वर्ष २०७९/८० को बजेट परम्परागत र कामचलाउ मात्र रहेको प्रमुख प्रतिपक्षी दलका नेताहरूले बताएका छन् । प्रदेश सरकारका अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत गर्नुभएपछि प्रमुख प्रतिपक्षी दल लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का प्रदेश संसदीय दलका नेता जितेन्द्र सोनलले बजेट परम्परा धान्ने र टालटुले मात्र रहेको बताउनुभएको हो ।

content ad p2
content left

“बजेटमा प्रादेशिक गौरबका योजनाहरू आउनुपर्दथ्यो, त्यो हुनसकेको छैन्”, पूर्वमन्त्रीसमेत रहनुभएका उहाँले भन्नुभयो, “अहिलेको बजेटमा युवाहरूको बेरोजगारीको सबाललाई जोड दिनुपर्ने थियो, त्यो पनि छैन । कृषि उत्पादन र किसानहरूलाई सहजरूपमा मलखाद र बीउबिजन उपलब्ध गराउने कुरा पनि बजेटमा छैन ।

”भौतिक पूर्वाधार विकासका कुरालाई बजेटमा प्राथमकिता नदिएको उल्लेख गर्दै नेता सोनलले समग्रमा अहिलेको बजेटमा खासै आकर्षण र नयाँपन नरहेको बताउनुभयो । नेकपा (एमाले) प्रदेश संसदीय दलका नेता सत्यनारायण मण्डलले अहिलेको बजेट चुनावमुखी र नेतामुखी रहेको प्रतिक्रिया दिनुभयो । उहाँले चुनावलाई केन्द्रित गरेर मन्त्रीहरूले बजेटमा आफ्नो क्षेत्रलाई प्राथमकिता दिएको आरोप लगाउनुभयो । नेता मण्डलले भन्नुभयो, “यसपालिको बजेटमा अधिकांश योजनाहरूमा रकम तोकिएरै विनियोजन गरिएको छ”, यो बजेटको साकारात्मक पक्ष हो उहाँको कथन थियो । (रासस)

सम्बन्धित खबर

आजदेखि दोस्रो आर्थिक गणना शुरू

Aadarsh Daily

अख्तियारको कारबाही: जनकपुर परिषदका अध्यक्षसहित ६ जना भ्रष्टाचार मुद्दामा

Aadarsh Daily

अर्थमन्त्री वाग्लेले स्पष्ट पारे: मुलुकमा नोटबन्दी हुने छैन

Aadarsh Daily