Aadarsh-Daily

ढलान सडकको सांसद रौनियारद्वारा निरिक्षण

ad-4p

वीरगंज -पर्सा क्षेत्र नम्बर ३ का संघिय सांसद हरिनारायण रौनियारको पहलमा ४ सय मिटर सडकको ढलान कार्य सम्पन्न भएको छ । पर्साको बहुदरमाई नगरपालिका वडा नम्बर ७ फुलकौलमा सांसद रौनियारको पहलमा ४ सय मिटर सडकको ढलान कार्य सम्पन्न भएको छ ।

content ad p2
content left

उक्त ढलान सडकको स्थलगत निरिक्षण गर्न पुग्नु भएको सांसद रौनियारले स्थानीय बासि संग विभिन्न बिषयमा कुराकानी पनि गर्नुभएको छ । यस क्रममा स्थानीय आफ्ना गाउँ टोलमा यस्तै अझ बुकास हुनु पर्ने सांसद रौनियार समक्ष आफ्ना जिज्ञासा राखेका थिए ।

उनीहरुले आफ्ना क्षेत्रका सांसदलाई आफ्नै घरआँगनमा हेर्न पाउदा खुसी भएका थिए । स्थानीयको कुरा सुनिसके पछी सांसद रौनियारले आफुले सक्दो जति बिकास निर्माणका योजना आफ्ना क्षेत्रमा ल्याउने पहल गरिरहेको बताउनुभयो ।

त्यसक्रममा बहुदरमाई नगरपालिकाका वडा नम्बर ७ का वडाध्यक्ष बिरेन्द्र यादव र उक्त गाउँका स्थानीय जनताको सहभागिता रहेको हाम्रा सहकर्मी बिशाल यादवले जानकारी दिनुभयो ।

सम्बन्धित खबर

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily

सर्वोच्चको आदेशपछि विद्यार्थी संगठन खारेज प्रक्रिया स्थगित

Aadarsh Daily

रास्वपाले बारा जिल्ला समिति विघटन गर्‍यो, १५ जनाको सदस्यता खारेज

Aadarsh Daily