Aadarsh-Daily

वनमन्त्री यादवले प्रसारण लाइन भूमिगत गर्न अनुमति दिएपछि पर्सा-बाराका उद्योगी र व्यवसायी खुसी

ad-4p

वीरगञ्ज उद्योग वाणिज्य सङ्घले वन तथा वातावरण मन्त्री प्रदीप यादवप्रति आभार व्यक्त गरेको छ ।

content ad p2

पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्र हुँदै बाराको पिलुवासम्मको ३३ केभि विद्युत प्रसारण लाईन भूमिगत (अन्डरग्राउण्ड) गर्न मन्त्री यादवले वन मन्त्रालयबाट अनुमति दिनुभएपछि सङ्घले उहाँप्रति आभार व्यक्त गरेको हो । सङ्घले मन्त्रालयमा एउटा पत्र पठाएर मन्त्री यादवलाई धन्यवाद दिएको छ ।

content left

वीरगञ्ज–पथलैया औद्योगिक कोरिडोरमा अवस्थित उद्योगहरु एवम् घरायसी प्रयोजनका लागि प्रसारण हुने लाईनमा पटकपटक ट्रिपिङ् हुने, विद्युत लाईन अवरुद्ध हुने, विद्युतको गुणस्तर न्यून हुने जस्ता समस्याहरुबाट विगत तिन दशकभन्दा पनि लामो समयदेखि आजित बनेका थिए

पटक पटक सम्बन्धीत निकायको ध्यानाकर्षण गराउँदा पनि सम्बोधन हुन नसकेको मागलाई मन्त्री यादवले पूरा गरेको भन्दै उहाँप्रति आभार व्यक्त गरिएको सङ्घका अध्यक्ष डा. सुवोधकुमार गुप्ताले बताउनुभयो ।

पर्सा राष्ट्रिय निकुञ्जको क्षेत्र हुँदै बाराको पिलुवादेखि पूर्व गढीमाई जाने मोडसम्मको ३३ केभि क्षमताको विद्युत प्रसारण लाइन भूमिगत भएसँगै सबै समस्याहरु समाधान हुने अध्यक्ष डा. गुप्ताको विश्वास छ ।

मन्त्री यादवले यही साउन १८ गते नेपाल विद्युत प्राधिकरणले लामो समयदेखि पर्सा राष्ट्रिय निकुञ्ज हुँदै बाराको पिलुवा भएर गढीमाईसम्म निर्माणाधिन १३२ केभि विद्युत प्रसारण लाईनअन्र्तगत ३३ केभि क्षमताको भूमिगत विद्युत प्रसारण लाइन जडानका लागि मन्त्रालयबाट अनुमति दिनुभएको थियो । अनुमति नपाएर उक्त काम विगत ३ दशकभन्दा पनि बढी समयदेखि अगाडि बढ्न सकेको थिएन ।

सम्बन्धित खबर

पर्सामा ठूलो परिमाणको गाँजा फेला, घरबाट ५५ केजीसहित एक पक्राउ

Aadarsh Daily

सरकारले तोकेको समर्थन मूल्यमा धान बेच्न किसानको आकर्षण

Aadarsh Daily

मधेस सरकारले किसानका लागि मल अनुगमनदेखि राहतसम्मका निर्णय

Aadarsh Daily