Aadarsh-Daily

वीरगंजको मुर्लीमा निःशूल्क आँखा शिविर,१५२ जनाको आँखा परीक्षण

ad-4p
content left

वीरगंज, २८ साउन ।
वीरगंज महानगरपालिका वडा नम्बर १२ मुर्ली, हरिहर नाथ मन्दिरको धर्मसालामा आज निःशूल्क आँखा शिविर सम्पन्न भएको छ । ग्लोबल ईमरजीङ्ग लिडर र वीरगंज समुदायिक आँखा अस्पतालको प्राविधिक सहयोगमा शिविर सम्पन्न भएको हो । शिविरमा १५२ जनाको आँखा परीक्षण गरिएकोमा २० जनामा मोतियाबिंद फेला परेको वीरगंज समुदायिक आँखा अस्पतालका मेडिकल संयोजक महेश सिंह धामीले जानकारी दिए । वीरगंज महानगरपालिका वडा नम्बर १२ का वडा अध्यक्ष सुरेस प्रसाद गुप्ताको अध्यक्षतामा भएको शिविरमा वीरगंज सामुदायिक आँखा अस्पतालका मेडिकल संयोजक महेश सिंह धामी लगायतको टोलीले आँखा परीक्षण गरेको थियो । शिविरमा ग्लोबल ईमरजीङ्ग लिडरका अध्यक्ष राहुल पटेल लगायतका प्रतिनिधिहरुको उपस्थिति रहेको थीयो ।

content ad p2

सम्बन्धित खबर

मधेशमा जंक फूडमाथि कडाइको प्रस्ताव, नीति ल्याउन दबाब

Aadarsh Daily

गलत उपचार र लापरबाहीले बिरामीको ज्यान लियो—-वीरगञ्जको प्रभु अस्पताल प्रकरणमा डा. गुप्तामाथि अनुशासनात्मक कारबाही

Aadarsh Daily

नेपाल चिकित्सक संघ नारायणी अञ्चल शाखाको सह–कोषाध्यक्षमा डा. विवेक यादव निर्वाचित

Aadarsh Daily