Aadarsh-Daily

विद्यालय वर्गीकरण र शूल्क निर्धारण प्रति अभिभावक संघ पर्साको आपत्ती

ad-4p

वीरगञ्ज, २९ मंसिर । अभिभावक संघ पर्साले वीरगञ्ज महानगरपालिकाले गरेको निजी विधालयहरुको बर्गिकरण र शूल्क निर्धारण प्रति आपत्ति जनाउँदै सच्याउन माग गरेको छ ।

content ad p2

अघिल्लो हप्ता वीरगञ्ज महानगरपालिकाले महानगरमा रहेका मध्ये ५८ वटा निजी विधालयहरुल्पो चार वर्गमा वर्गिकरण गरि शूल्क निर्धारण गरेको थियो ।

content left

यद्दपी महानगरको उक्त निर्णय सही नरहेको भन्दै अभिभावक संघले त्यसलाई सच्याउन माग गर्दै बुधबार महानगरपालिकाको कार्यालयमा ज्ञापनपत्र बुझाएको छ ।

संघका पदाधिकारी र सदस्यहरुले बुधबार महानगरपालिकाका उपमेयर इम्तियाज आलम र शैक्षिक प्रशासन महाशाखा प्रमुख अरविन्दलाल कर्णलाई ज्ञापनपत्र बुझाएको हो ।

महानगरपालिकाले गरेको वर्गीकरण र शूल्क निर्धारणले विधार्थी र अभिभावकले राहत पाउनुको सट्टा झन् आहत पाएको बताउँदै त्यसलाई सच्याउन माग गरिएको संघका अध्यक्ष सन्दिप साहले बताए ।

साहले बुझाएको ज्ञापनपत्रमा नीजी विधाललयहरुको बर्गिकरण कुन विधी, प्रकृया र आधारमा गरिएको हो त्यसको लिखित दस्तावेज समेत उपलब्ध गराउन आग्रह गरेका छन् ।

 

 

सम्बन्धित खबर

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily

सर्वोच्चको आदेशपछि विद्यार्थी संगठन खारेज प्रक्रिया स्थगित

Aadarsh Daily

रास्वपाले बारा जिल्ला समिति विघटन गर्‍यो, १५ जनाको सदस्यता खारेज

Aadarsh Daily