Aadarsh-Daily

विद्यालय वर्गीकरण र शूल्क निर्धारण प्रति अभिभावक संघ पर्साको आपत्ती

ad-4p

वीरगञ्ज, २९ मंसिर । अभिभावक संघ पर्साले वीरगञ्ज महानगरपालिकाले गरेको निजी विधालयहरुको बर्गिकरण र शूल्क निर्धारण प्रति आपत्ति जनाउँदै सच्याउन माग गरेको छ ।

content ad p2

अघिल्लो हप्ता वीरगञ्ज महानगरपालिकाले महानगरमा रहेका मध्ये ५८ वटा निजी विधालयहरुल्पो चार वर्गमा वर्गिकरण गरि शूल्क निर्धारण गरेको थियो ।

content left

यद्दपी महानगरको उक्त निर्णय सही नरहेको भन्दै अभिभावक संघले त्यसलाई सच्याउन माग गर्दै बुधबार महानगरपालिकाको कार्यालयमा ज्ञापनपत्र बुझाएको छ ।

संघका पदाधिकारी र सदस्यहरुले बुधबार महानगरपालिकाका उपमेयर इम्तियाज आलम र शैक्षिक प्रशासन महाशाखा प्रमुख अरविन्दलाल कर्णलाई ज्ञापनपत्र बुझाएको हो ।

महानगरपालिकाले गरेको वर्गीकरण र शूल्क निर्धारणले विधार्थी र अभिभावकले राहत पाउनुको सट्टा झन् आहत पाएको बताउँदै त्यसलाई सच्याउन माग गरिएको संघका अध्यक्ष सन्दिप साहले बताए ।

साहले बुझाएको ज्ञापनपत्रमा नीजी विधाललयहरुको बर्गिकरण कुन विधी, प्रकृया र आधारमा गरिएको हो त्यसको लिखित दस्तावेज समेत उपलब्ध गराउन आग्रह गरेका छन् ।

 

 

सम्बन्धित खबर

वीरगञ्जमा ४२ ग्रामभन्दा बढी खैरो हेरोइनसहित दुई जना पक्राउ

Aadarsh Daily

लिलामका सामान सस्तोमा दिलाउने भन्दै ठगी : वीरगंजबाट प्रवीण पक्राउ

Aadarsh Daily

गाउँपालिकाको खाता सञ्चालन गर्न उपाध्यक्ष विष्टको आग्रह

Aadarsh Daily