
वीरगञ्ज । जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले आर्थिक वर्ष २०८०/०८१ को तिन महिना २५ लाख भन्दा बढी राजश्व सङ्कलन गरेको छ ।

ट्राफिक प्रहरी पर्साले उपलब्ध गराएको तथ्याङ्कका अनुसार तिन महिनाको अवधिमा २५ लाख ३० हजार ५० रुपैयाँ राजश्व सङ्कलन गर्न सफल भएको हो ।
पर्सा ट्राफिक प्रमुख प्रहरी निरीक्षक भास्कर खतिवडाका अनुसार श्रावण महिनामा दुई सय ७१ वटा ट्रक, ७१ वटा कार/जिप/भ्यान, तिन वटा ट्र्याक्टर, तिन सय ३३ मोटरसाइकल र ३६ वटा ट्याम्पोलाई कारबाही गरी जम्मा ६ लाख २६ हजार ५ सय रुपैयाँ राजश्व सङ्कलन भएको छ ।
त्यस्तै भदौ महिनामा पाँच सय ४३ ट्रक, दुई वटा बस, एक सय ११ वटा कार/जिप/भ्यान, १० वटा ट्र्याक्टर, छ सय १३ वटा मोटरसाइकल र ३७ वटा ट्याम्पोलाई कारबाही गरी जम्मा १२ लाख २१ हजार ५ सय रुपैयाँ राजश्व सङ्कलन गर्न भएको छ ।
त्यसै गरी असोज महिनामा सात सय ९६ ट्रक, २१ वटा बस, दुई सय ५ कार/जिप/भ्यान, २८ वटा ट्याक्टर, आठ सय ८४ वटा मोटरसाइकल, ५५ बटा ट्याम्पोलाई कारबाही गरी जम्मा १९ लाख ३ हजार ५ सय ५० रुपैयाँ राजश्व सङ्कलन भएको छ ।

