
बहुदरमाई । नेपाल कम्युिनष्ट पार्टी एमाले बहुदरमाई नगरपालिकाको नगर कमिटी द्वारा आयोजित शुभकामना आदान-प्रदान कार्यक्रम सम्पन्न भएको छ । केन्द्रिय कमिटीका सल्लहकार एवम नगर प्रमुख पदको प्रत्यासी नेता शिव पटेलको प्रमुख अतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रममा संगठण प्रमुख अरबिन्द सिह, जिल्ला समन्वय समितीका उप सभापति पुरन पटेल, प्रदेस कमिटी सदस्य एव बहुदरमाई नगरपालिका उप प्रमुख सुषमा कुशवाहा, वाडा अध्यक्ष सुरेन्द्र प्रसाद यादव, वाडा अध्यक्ष सुनिल कुशवाहा, वाडा अध्यक्ष दिनेस प्रसाद यादव, कार्यपालिका सदस्य मुखदेव प्रसाद, पुर्व वाडा अध्यक्ष केदारनाथ तिवारी, वाडा कमिटीका सम्पूर्ण अध्यक्ष लगाएता नेताहरूको उपस्थित रहेको थियो।
समृद्ध नेपाल र सुखी नेपालीको नारा लिएर अगाडि बढेको नेकपा एमाले नै नेपाली हरूको हक हितका लागि काम गर्ने एक मात्र पार्टी हो भन्दै नेता शिव पटेलले अहिलेको गठबन्धन बाट जनताले केही प्राप्त गर्न नसकने भएको हुदा यो सरकार नेपाल र नेपालीको हितको निम्ति नभइ भ्रष्टचारी, अपराधी र बिचौलियाको हितको निमित्त काम गरी राखेको बताए ।

