Aadarsh-Daily

वीरगञ्ज महानगरपालिकाले ३ अर्ब ३० करोडको बजेट ल्याउँदै

ad-4p
content left

वीरगञ्ज  :  मधेशको एक मात्र महानगरपालिका वीरगञ्जका जनप्रतिनिधि र कर्मचारी हिजोआज बजेट बनाउन व्यस्त छन् । शुक्रबार हुने नगरसभामा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८९/८० का लागि ३ अर्ब ३० करोडको हाराहारीमा बजेट ल्याउने तयारी गरेको छ ।
संघीय सरकार र प्रदेश सरकारले दिने अनुदान तथा राजश्व बाँडफाडबाट प्राप्त रकम नै वीरगञ्जको बजेटके मुख्य स्रोत हो । संघ सरकारबाट सशर्त अनुदान ८० करोड ९८ लाख, विशेष अनुदान पूँजीगत ६ करोड, समपूरक अनुदान १० करोड, प्रदेश सरकारबाट सशर्त अनुदान १ करोड ७५ लाख, विशेष अनुदान ४० लाख, समपूरक अनुदान २५ लाख, क्षेत्रीय शहरी विकास आयोजना (आरयूडीपी) मार्फत १२ करोड ६१ लाख ८५ हजार रुपैयाँ प्राप्त हुने महानगरपालिकाको अनुमान छ ।
त्यस्तै सडक बोर्डबाट २ करोड, जिल्ला समन्वय समितिबाट ९६ लाख, नेपाल सरकारको वित्तीय समानीकरणको रकम ४७ करोड ८८ लाख, प्रदेश सरकारको ३ करोड २९ लाख ९ हजार, राजश्व वाँडफाँडतर्फ नेपाल सरकारको तर्फबाट २५ करोड ७६ लाख ५८ हजार रुपैयाँ, आन्तरिक राजश्व ९८ करोड ७२ लाख हुने अनुमान गरिएको छ ।
वित्तीय समानीकरण र राजश्व बाँडफाँडको रकम महानगरले प्राथमिकताको क्षेत्रमा बाँडेर खर्च गर्न सक्छ । चालु आर्थिक वर्षमा खर्च गर्न नसकेर बचेको नगद मौज्दात २५ करोड रुपैयाँ रहने अनमान गरिएको छ । महानगरपालिकाको बजेट तथा योजना तर्जुमा समितिले बजेटलाई अन्तिम रुप दिँदैछ । भौतिक पूर्वाधारको विकास, शिक्षा, स्वास्थ्यलाई प्राथमिकतामा राखिएको छ । साझा प्रतिबद्धतालाई आधार बनाएर मुख्य प्राथमिकताको क्षेत्र तोकिएको छ । वीरगञ्ज महानगरले चालु आर्थिक वर्षका लागि ३ अर्ब ५५ करोडको बजेट ल्याएको थियो ।
चालु आर्थिक वर्षका लागि आएको बजेट भन्दा आगामी बजेट २५ करोड रुपैयाँ कम हुने अनुमान गरिएको छ । क्षेत्रीय सहरी विकास आयोजनाको कम अन्तिम चरणमा पुगेकाले यो शीर्षकको बजेट घटेको छ ।
आन्तरिक स्रोत जुन किसिमले बढ्नुपर्ने हो त्यसरी बढन सकेको छैन । संघीय सरकारको अनुदान पनि ५ करोड घटेर आएको छ । जनताको हितलाई प्राथमिकतामा राखेर साझा प्रतिबद्धता पूरा गर्ने गरी बजेट बनाउने नगर प्रमुख राजेशमान सिंहले जानकारी दिए । सभार : अनलाइनखबर

content ad p2

सम्बन्धित खबर

पर्सामा ठूलो परिमाणको गाँजा फेला, घरबाट ५५ केजीसहित एक पक्राउ

Aadarsh Daily

सरकारले तोकेको समर्थन मूल्यमा धान बेच्न किसानको आकर्षण

Aadarsh Daily

मधेस सरकारले किसानका लागि मल अनुगमनदेखि राहतसम्मका निर्णय

Aadarsh Daily