
क्रान्ति शाह
वीरगन्ज ,वीरगन्जको ठाकुरराम बहुमुखी क्याम्पसमा केहिले विधार्थी त कहिले प्राध्यापक त कहिले कर्मचारीको आन्दोलनका हुन्छ ।
बीबीएस तृतीय वर्षमा अध्ययनरत रन्जित पटेल भन्छन् ,‘ यो कुनै नौलो कुरा होइन यो क्याम्पसमा बेला बेलामा आन्दोलन ,अनशन , नाराबाजी र तोडफोड भइ रहन्छ ।
रन्जितसंगै भेटिएका उनका सहपाठी धामु चौरसीया भन्छन् ,‘ क्याम्पस चिप (प्रमुख) को कोठामा महिनौ सम्म तालाबन्दी हुन्छ , जब कुनै विधार्थी नेतालाइ केहि कुरामा चित्त बुझदैन अनि क्याम्पस चिफ , लेखा , प्रशासन र परिक्षा शाखामा ताल्चा ठोकिदिन्छन् ।
उनि भन्छन् ,‘ धनीमानीका छोरा प्राइभेट कलेजमा पढ्छन् , हामी गरिब किसानका छोराछोरीका लागि भनेको यहि क्याम्पस मात्रै हो , तर एक वर्षमा मुश्किलले ६ महिना क्लाश लिन पाउछौ ।
ठाकुरराम बहुमुखी क्याम्पस , स्थापनाका हिसाबले उच्च शिक्षाका लागि त्रिभुवन विश्वविद्यालय भन्दा पनि पुरानो शिक्षण संस्था हो ।
भारत बिहारको पटना युनिभर्सिटीबाट सम्बन्धन लिइ २००९ साल साउन २ गते ठाकुरराम बहुमुखी क्याम्पस स्थापना गरिएको थियो ।
तर मुलुककै शैक्षिक धरोहरका रुपमा चिनिएको ठाकुरराम क्याम्पस प्रति केहि वर्ष यता भने विधार्थीहरुको रोजाइमा पर्न छाडेको छ ।
शैक्षिक गुणस्तर खस्किनुका साथै यसका भौतिक संरचना पनि धराशायी हुदै गएका कारण ठाकुरराम क्याम्पसमा विर्धाीहरुको आकर्षण कम हुदै गएको क्याम्पसकै कर्मचारी बताउछन् ।
यहि क्याम्पसमा २२ जिल्लाका विधार्थी उच्च शिक्षाका लागि आउथे , विधार्थीहरुको संख्या कम्तीमा पनि १० देखि १२ हजारको हाराहारीमा हुन्थ्यो , हालै केहि दिन अघि मात्र अवकाश पाएका पर्व प्रशासन प्रममुख राज कुमाार श्रीवास्तव भन्छन् ,‘ अहिले सबै संकायकोमा गरि करिब साढे ६ हजार मात्रै विधार्थीको संख्या छ ।
श्रीवास्तवका अनुसार , विधार्थीको संख्या घटेपनि क्याम्पसमा कार्यरत प्राध्यापक र कर्मचारीको संख्या भने कम भएको छैन । क्याम्पसमा अहिले पनि स्थायी प्राध्यापक १४८ , आंशीक प्राध्यापक ३५ र कर्मचारी ८० जना कार्यरत छन् । ती सबैको तलभत्ता र सुविधामा मात्रै मासिक झण्डै ८० लाख रुपैया सरकारको खर्च हुदै आएको उनि बताउछन् ।
क्याम्पसको शैक्षिक गुणस्तर खस्कनुमा अन्य विविध कारण रहेपनि प्रमुख जिम्मेवार भने प्राध्यापकहरु नै रहेको पुर्व स्ववियु सचिव राकेश यादव बताउछन् ।
क्याम्पस प्रमुख , सहायक क्याम्पस सहित दर्जन भन्दा बढि प्राध्यापकहरुले आफनो लगानीमा नीजी प्लस टु र कलेज खोलेर चलाइरहेका छन् , यादव भन्छन् ,‘ ती मध्येका अधिकांशले ठाकुरराममा क्लाश नै लिदैनन , खाली तलब सुविधा मात्रै बुझछन् , आफनो पुरा टाइम र ध्यान भने निजी प्लस टु र कलेजमा दिइरहेका छन् ।
विधार्थी हकहितका लागि भनेर खोलिएका राजनीतिक दलका विधार्थी संगठनले पनि क्याम्पसलाइ राजनीति गर्ने थलो बनाएका कारण पनि ठाकुरराम क्याम्पसमा पठनपाठनको वातावरण बिग्रिदै गएको क्याम्पसका शुभचिन्तक शिक्षाप्रेमीहरु बताउछन् ।
ठाकुरराममा विधार्थी संगठन र क्याम्पस प्रशासन बिच सधैभरि जुहारी चलि रहेकै हुन्छ , क्याम्पसका विभागमा एक न एक विधार्थी संगठनको तालाबन्दी भइरहेकै हुन्छ , सामजिक अभियन्ता ब्रिजेश्वर चौधरी भन्छन् ,‘ भन्छन्,‘त्यसैको गलत फायदा उठाएर प्राध्यापकहरु क्याम्पसमै आउदैनन् , पढ्न आउने निरिह विधार्थीहरु प्राध्यापक खोज्दै कोठा कोठा चहार्दै हिड्नु पर्ने बाध्यता छ, यस कारण पनि विधार्थीहरुको आकर्षण घटेको हो ।
ठाकुरराम क्याम्पस केहि वर्ष यता उच्च शिक्षाको डिग्री (प्रमाणपत्र )हासिल गर्ने थलो मात्रै बन्न पुगेको चौधरी बताउछन् ।
पुर्व स्वविय सचिव यादव पनि विधार्थी संगठनका नेताहरु आफनो स्वार्थपुर्तिका लागि क्याम्पसका प्राध्यापक , कर्मचारी र राजनीति दलका नेताको गोटी मात्रै बनेको टिप्पणी गर्छन् ।
यो शैक्षिक धरोहरलाइ हेरि दिने कोहि अभिभावक नै नभएका कारण आज यसको यस्तो दुरावस्था भएको हो , उनि भन्छन् ,‘ जुन दिन क्याम्पसका प्राध्यापक र विधार्थी नेता मात्रै जिम्मेवार बनि दिन्छन् , त्यहि दिन ठाकुरराम क्याम्पसमा फेरि गुलजार छाउछ ।
क्याम्पसको भौतिक संरचना जीर्ण
वीरगन्जका दाता रघुबीर रामले आफना पिता ठाकुररामको नाममा क्याम्पसको दुइ तल्ले भवन निर्माण गरि दिएपछि २०२४ साल देखि आफनै भवनमा सन्चालनमा आएको ठाकुरराम बहुमुखी क्याम्पसको भौतिक संरचना पनि मर्मत सम्भारको अभावमा जीर्ण हुदै गएको छ ।
क्याम्पस परिसरमा दुइ तल्ले मुख्य भवन , त्यसको पछाडि दुइ तल्ले कक्षा भवन , क्षेत्रीय पुस्तकालय भवन , विज्ञान प्रयोगशाला भवन , सुवर्ण हेल्थ क्लीनक भवन , चमेनागृह , जेएम छात्रावास (ब्वाइ होस्टेल ) , महिला छात्रावास (गल्र्स होस्टेल) लगायतका प्रयाप्त भौतिक संरचनाहरु छन् ।
तर ती सबै भवनका संरचनाहरु वर्षौ देखि मर्मत सम्भार नगरिदा जीर्ण हुदै गइरहेका छन् ।मुख्य भवनको माथिल्लो तल्लाको छत जीर्ण अवस्थामा पुगि सकेको छ । जसका कारण त्यहा सन्चालित विज्ञान प्रयोग शाला (साइन्स ल्याब) का आधा दर्जन विभाग वर्षौ देखि बन्द छन् ।
फिजिक्स , केमिस्ट्रि , जुलोजी लगायतका ल्याबका कोठाहरु वर्षौ देखि बन्द राखिएका कारण त्यहा रहेका करोडौ मुल्यका उपकरणहरु पनि धुलो र माकुराको जालोले जेलिएर बिग्रिदै गएको कर्मचारीहरु बताउछन् ।

ठाकुररामको सान्स ल्याबमा जति उपकरण , मेशीन छन् , शायदै देशका अरु कुनै क्याम्पसमा होला , विज्ञान प्रयोग शालामा कार्यरत एक कर्मचारी भन्छन् ‘ तर वर्षौ देखि बन्द गरेर राखिएका कारण ती करोडौंका सामान सबै अब कामै नलाग्ने अवस्थामा छन् ।
फिजिक्स विभागका प्रमुख कामेश्वर महासेठ भन्छन् ,‘ छत चर्किएर यति जीर्ण भइसकेको छ कि कति बेला खस्छ कुनै ठेगान छैन ,त्यसैले यति ठूलो जोखीम उठाएर ल्याबमा विधार्थीहरुलाइ लिएर जाने हिम्मत नै गर्दैन् ।
छात्रावास खण्डहर
ठाकुरराम क्याम्पसमा सबै भन्दा दयनीय अवस्थामा छात्रावासको छ । क्याम्पसमा अध्ययनरत छात्र र छात्राहरुका छुटटा छुटटै छात्रावास भवन छन् । तर ती दुवै छात्रावास भवन पनि मर्मत सम्भारको अभावमा जीर्ण भइ खण्डहर जस्तै बनेका छन् ।
त्रिभुवन विश्वविद्यालयका तत्कालीन रजिष्टार जगत मोहनको नाममा २०३० साल ताका छात्रहरुका लागि ४७ कोठाको जगतमोहन पुरुष छात्रावास (जेएम ब्वाइज होस्टेल) निर्माण गरिएको थियो । तर अहिले उक्त छात्रवासका १४ वटा कोठामा २५ जना विधार्थी मात्र बस्दै आएका छन् ।
बाँकी ३३ वटा कोठा , भान्छा कक्ष , सेमीनार कक्षा सबै सरंचना जीर्ण छन् । छात्रावासको दक्षिण तर्फको शौचालय प्रयोगमै छैन भने उत्तरु तिरको शैचालय जीर्ण भएपनि विधार्थीले जसोतसो प्रयोग गर काम चलाइरहेका छन् ।
२४६ सालमा दोश्रो तल्लामा ६ वटा कोठा निर्माण गर्न थालिएको भएपनि त्यो पनि पर्खाल मात्र उठाएर छाडिएका कारण अलपत्र छ ।
छात्रवासमा बस्दै आएका बिएस्सी तेश्रो वर्षमा अध्ययनरत छात्र अनिल चौहान् भन्छन् ,‘ वर्षामा कोठाको छत चुहिन्छ , पर्खाल पनि चर्किएको छ , प्यासेजमा बत्ती नभएकाले दिउसै भुतबंगला जस्तै लाग्छ ।
छात्रावासमै ३ वर्ष देखि बस्दै आएका रौतहटका छात्र प्रमोद दास भन्छन् ,‘ वर्षामा छत चुुुुुुुहिएर कोठा र प्यासेजभरि पानी हुन्छ , चिप्लिएर लडिन्छ ,शौचालय पनि यति फोहोर छ कि नाक थुनेर पस्नु पर्छ , खाटहरु पनि टुटेफुटेका छन् , बाहिर कोठा भाडामा लिएर बस्न सक्ने आर्थिक हैसियत पनि छैन त्यसैले जसोतसो गरेर बसिरहेको छु ।
ठाकुरराम क्याम्पसकै छात्रावासमा बसेर पढेका र हाल छात्रावासको वार्डेनको जिम्मा पाएका उपप्राध्यापक सन्जय श्रेष्ठ विगतको आफनो अनुभव सुनाउदै भन्छन् ,‘ म पनि २०३६ सालमा यहि क्याम्पस र यहि छात्रावासमा बसेर पढेको हु , त्यस बेला यहा १२÷१३ जिल्लाका सय भन्दा बढि विधार्थी बस्थे , छात्रावासमै खानाको मेस पनि चल्थ्यो , तर अहिले यो बाहिरबाट हेर्दा खण्डहर जस्तै देखिन्छ ।
२०५३ साल पछि मर्मत सम्भारको अभावमा छात्रावासको अवस्था बिग्रिदै गएको उनि सुनाउछन् ।
उनि भन्छन् ,‘ यदि एक करोड बजेट खर्च गर्ने हो भने यो छात्रावास पुर्ण रुपमा फेरि व्यवस्थित हुन्छ , तर क्याम्पससंग त्यति आम्दानी नै छैन , बाहिर कोहि दाता पनि भेटिएको छैन ।
ठाकुरराम क्याम्पसकै कन्या छात्रावास पनि पुरुष छात्रावासको जस्तै दुरावस्थामा पुगेको छ ।
कन्या छात्रावास परिसरमा क्याम्पस आफै र विदेशी दाताले निर्माण गरिदिएका दुइ भवन छन् । दुवै भवनमा गरि १७८ छात्रा बस्ने क्षमताका ८९ वटा कोठा छन् । तर हाल कन्या छात्रावासका २० वटा कोठा मात्र प्रयोगमा छन् । बाकी ४९ वटा प्रयोग बिहिन् छन् ।
प्राध्यापक रेणु सिंह , कन्या छात्रावासको भौतिक संरचना मर्मत सम्भार नहुदा जीर्ण भएकाले थोरै मात्र विधार्थीहरु बसिरहेको बताउछिन् ।
पुरानो भवनको २० वटा कोठामा मात्रै ४० जना बसिरहेका छन् , उनि भन्छिन् ,‘ युनिसेफले बनाइ दिएको ५६ कोठाको अर्को भवन प्रयोगमै छैन ।छात्रावास भवनको छत , पर्खाल चर्किएको , छतको कौशी पनि भत्किएको र झयाल ढोका सबै पुरानो भइ जीर्ण बनेको सिंह बताउछिन् ।
दुइ वर्ष पहिलेको हुरीले भत्काइ दिएकोृ कम्पाउण्डको पर्खाल मर्मत नहुदा उच्छृंखल युवकहरुले दिउसै छात्रावासमा छिरेर छात्राहरुलाइ जिस्काउने गरेका कारण सुरक्षा चुनौती बढेको पनि उनि बताउछिन् ।
लफङगा केटाहरु पछाडिबाट छिरेर झायल ढोकाबाट कोठा भित्र चिह्याएर छात्राहरुलाइ जिस्क्याउछन् , सिंह भन्छिन् ,‘ रातिको समयमा त होस्टेलका नानीहरु डरले सुत्नै मान्दैनन् , वरपरका मान्छेले पालेका सुङगुरहरुको पनि बास यहि होस्टेल भएको छ ।
कन्याछात्रावासमा बस्दै आएकी बिएड दोश्रो वर्षमा अध्ययनरत छात्रा रन्जिता साह भन्छिन् ,‘ यत्रो ४० जनाको बिचमा एउटा मात्रै चापाकल छ , शौचालय पनि टुटिफुटी सकेको छ , पछाडिको पर्खाल पनि भत्किएको छ , राती पानी लिन कोठा भित्रबाट निस्किन डर लाग्छ ।
बजेट नै छैन – क्याम्पस प्रमुख
क्याम्पस प्रमुख उमेश चौरसीया कुशवाहा भने बजेट अभावका कारण भौतिक संरचना मर्मत सम्भार गर्न नसक्दा क्याम्पसका भौतिक संरचना जर्जर अवस्थामा पुगेको स्वीकार्छन् ।
त्रिविले स्थायी र करारका प्राध्यापक र कर्मचारीको तलब भत्ताको रकम मात्रै पठाउछ , उनि भन्छन् ,‘ त्यो बाहेक अरु एक सुको पनि पठाउदैन , क्याम्पसको आन्तरिक आय श्रोत पनि नगण्यकै अवस्थमा छ
।
उनि थप्छन् ,‘ क्याम्पसको जे जति आन्तरिक आम्दानी छ त्यसबाट सामान्य मर्मत सम्भार गरिरहेका छौ , आन्तरिक श्रोतमा राखिएकालाइ तलब भत्ता खुवाइरहेका छौ , तर भवन नै मर्मत सम्भार गर्न ठुलै बजेट लाग्छ , दाताको खोजी गरिरहेका छौ ।

