Aadarsh-Daily

कटुवा पेस्तोल सहति बाराका दुई जना पक्राउ

ad-4p
content left

 वीरगंज –बारामा अबैद्ध हतियार सहित दुई जना पक्राउ परेका छन । पक्राउ पर्नेमा सिम्रौनगढ नगरपालिका वडा नम्बर १ नम्सगराढाठ बस्ने २९ बर्षको अनिल मुखिया र २५ बर्षिय गुड्डु भन्ने धिरज मुखिया रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।पक्राउ परेका मुखियाद्वोयले स्थानीयलाई अबैद्ध हतियार पेस्तोल देखाएर डराउने , धम्काउने कार्य गर्दै आएको सुचनाको आधारमा खटिएको प्रहरीको टोलीले हतियार सहित उनीहरुलाई अक्राउ गरेको छ । बाराका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक राजेश थापाका अनुसार स्थानीयले दिएको सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय सिम्रौनगढबाट पप्रहरी निरीक्षक देवराज काफ्लेको कमाण्डमा खटिएको प्रहरीको टोलीले मुखियाद्वोयलाई पक्राउ गरेको छ । प्रहरीले छापा हालेर घेरा बन्दि गरी पक्राउ गरेको मुखियाद्वोयको साथबाट एक थान कटुवा पेस्तोल बरामद भएको प्रहरी नायव उपरीक्षक राजेश थापाले जानकारी दिनुभयो ।पक्राउ परेका दुवै जनामाथि आवश्यक अनुसन्धान भईरहेको बारा प्रहरीले जनाएको छ ।

content ad p2

सम्बन्धित खबर

अख्तियारको कारबाही: जनकपुर परिषदका अध्यक्षसहित ६ जना भ्रष्टाचार मुद्दामा

Aadarsh Daily

अर्थमन्त्री वाग्लेले स्पष्ट पारे: मुलुकमा नोटबन्दी हुने छैन

Aadarsh Daily

वीरगञ्ज नाकाबाट एलपी ग्यास आयातमा उल्लेख्य वृद्धि

Aadarsh Daily