
बलिउडकी ग्ल्यामर सेलिब्रिटी भनेर चिनिने मलाइका अरोडाको रियालिटी शो अन्ततः सुरु भएको छ । यो शोको प्रतीक्षा धेरै अगाडिदेखि गरिँदै आएको थियो । शोको नाम मुभिङ इन विद मलाइका हो । आफ्नो नीजि जीवनलाई गोप्य राख्ने मलाइका अरोडाले यो शोमार्फत् आफ्नो जीवनबारे थाहा पाउने मौका प्रशंसकलाई दिइरहेकी छिन् । शोको पहिलो एपिसोडमा मलाइकाले आफ्नो विवाहबारे खुलासा गरेकी छिन् । मलाइकाले गरेकी थिइन् अरबाजलाई प्रपोज
आफ्नो शो मुभिङ इन विद मलाइकामा मलाइका अरोडाले पूर्व श्रीमान् अरबाज खानसँग आफ्नो विवाहबारे कुराकानी गरेकी छिन् । उनले भनिन्, ‘मानिसहरुलाई सायद थाहा छैन होला कि अरबाजले नभई मैले उनलाई विवाहका लागि प्रस्ताव राखेको थिएँ । मैले यस्तो गर्नुको एउटा कारण थियो ।’

त्यो कारणबारे जानकारी दिँदै उनले भनिन्, ‘म आफ्नो घरबाट निस्कन चाहन्थेँ त्यसैले अरबाजलाई अरबाजलाई विवाहका लागि प्रस्ताव राखिदिएँ । मैले उनलाई भनेँ, ‘मलाई तपाईंसँग विवाह गर्नुछ, के तपाईं तयार हुनुहुन्छ ?’ मेरो यस्तो कुरा सुनेपछि उनले मतिर फर्किए र निकै प्रेमपूर्वक मलाई भनेका थिए, ‘तपाईं दिन र स्थान छान्नुहोस् ।
’ किन टुट्याे दुईको विवाह ?
अरबाज खानको तारिफ गर्दै मलाइका अरोडाले थपिन्, ‘उनी निकै कमालका व्यक्ति हुन् । उनले मलाई काम गर्न दिए । मलाई जसरी मनपर्छ त्यसरी नै बस्न दिए । आज म जस्तो छु त्यो यसकारण पनि हुँ किनभने उनले मलाई आफ्नो हिसाबले बाँच्न दिए । पछि हामी एक–अर्कासँग टाढा भयौँ । म त्यतिबेला सानै पनि थिएँ । मलाई के पनि लाग्छ भने म पछि परिवर्तन पनि भएँ । मलाई जीवनमा केही भिन्न चाहिएको थियो । मलाई आफ्नो वरिपरि केही कुरा मन पर्दैनथ्यो र मलाई महसुस भयो कि म अघि बढ्नु पर्छ । मलाई लाग्यो कि यस्तो गर्ने एउटै तरिका छ – केही सम्बन्धलाई पछाडि नै छोड्नुपर्छ ।’

