Aadarsh-Daily

१७ वर्षमा विवाह, अन्डरवर्ल्ड डनसँग सम्बन्ध ! ३० वर्षपछि नायिका फर्किइन्, फिल्ममा काम गर्ने

ad-4p

९० को दशकमा बिकिनी गर्लको नामले चिनिने सोनम खान अब पुनः भारतीय सिने जगतमा फिर्ता हुने तयारीमा छिन् । विशेषगरी ऋषि कपुरसँग जोडी सुहाउने सोनमले भारतीय सञ्चार माध्यमसँगको एक अन्तरवार्तामा आफ्नो पहिल्यै फिर्ता हुने मन भएपनि फिर्ता हुन नसकेको बताइन् । कम उमेरमै बलिउडबाट किन टाढिएको भनेर पनि उनले जानकारी दिएकी छिन् ।

content ad p2

अन्डरवर्डसँग नाता

आफ्नो समयमा निकै चर्चित सोनमले अचानक बलिउड छोड्दा धेरैलाई अचम्म लागेको थियो । सोनमको नाम अन्डरवर्ल्ड डन अबु सलेमसँग पनि जोड्ने गरिन्थ्यो । सोनमले यही कारण देश छोडेर गएको बताइन्छ ।

टाइम्स अफ इन्डियालाई दिएको अन्तरवार्तामा उनले आफ्नो जीवनसँग सम्बन्धित विभिन्न कुराबाट पर्दा हटाएकी छिन् । सोनमले मौका पाएको खण्डमा आफू फिल्मका साथै ओटीटीमा पनि डेब्यूका लागि तयार भएको बताइन् । सोनमले भनिन्, ‘म तीन वर्ष अघि नै मुम्बई फिर्ता हुन चाहन्थेँ तर यस्तो हुन सकेन, त्यसपछि कोभिड पनि आयो । त्यहाँ चिज सेटअप गर्न निकै समय लाग्यो । म सधैँ नै परिवारको छायामा रहेकी छु । तर आज यही हो, विगतको कुरा विगतमा नै छोडिदिनुपर्छ ।

content left

सोनमले बलिउड छोड्नुको मुख्य कारण आफ्नो विवाहलाई बताइन् । फिल्म त्रिदेवका निर्माता राजिव रायसँग उनले विवाह गरेकी थिइ, त्यो पनि निकै कम उमेरमा । राजीवमाथि एक घातक हमला भएको थियो, त्यसैका कारण सोनम भारत छोडेर लस एन्जेलिस गएकी थिइन् । त्यसपछि उनीहरु स्विटजरल्याण्डमा सेटल भए । तर त्यसको १५ वर्षपछि यी दुईको सम्बन्धविच्छेद भयो । सोनम र राजिवका एक छोरा पनि छन् । अन्डरवर्ल्ड डनसँगको संलग्नताका कारण यी दुई अलग हुनुपरेको पनि बताइन्छ ।

१४ वर्षको उमेरमा गरिन् डेब्यू

सोनमले आफ्नो सुरुवाती समयलाई स्मरण गर्दै भनिन्, ‘जब मैले सन् १९८८ मा यश चोपडाको फिल्म विजयबाट आफ्नो करियरको सुरुवात गरेको थिएँ मसँग नयाँ अफरको लाइन लागेको थियो । मैले अलिकति पनि संघर्ष गर्नुपरेको थिएन । त्यसपछि त्रिदेव, मिट्टी र सोनाबाट मैले रातारात चर्चा पाएँ । तर त्यसपछि मैले विवाह गरेँ । त्यतिबेला मेरो दिमागमा के चलिरहेको थियो भन्ने थाहा भएन । म आफ्नो एउटा परिवार चाहन्थेँ । म त्यतिबेला १७ वर्षकी थिएँ । मलाई त्यतिबेला केही पनि थाहा थिएन ।’

सोनम अहिले ५० वर्ष भइसकेकी छिन् । उनले फिल्म इन्डष्ट्रि छोडेको पनि ३० वर्ष बितिसकेको छ । फिल्मी दुनियाँबारे कुरा गर्दै सोनमले भनिन्, ‘मेरा लागि इन्डष्ट्रि सधैँ सपोर्टिभ रह्यो । मलाई कहिले कुनै समस्या भएन । मेरो मनमा कुनै रिग्रेट्स वा कम्प्लेन्ट छैन । सबैलाई थाहा छ कि म कति सानो थिएँ, सबैले त्यतिबेला मलाई बच्चालाई झैँ व्यवहार गर्थे । म पछिल्लो ३० वर्षमा पूरा विश्वको चक्कर लगाइरहेको छु । र यो पूरा समय मैले आफ्नो छोरा गौरव रायलाई दिएको छु । ऊ नै मेरो जीवन हो ।’

सोनमले हालै इन्स्टाग्राममा आफ्नो अकाउन्ट बनाएकी छिन् । यो अकाउन्टको नाम सोनमले लस्ट एन्ड फाउन्ड राखेकी छिन् । आफ्नो बारे कुरा गर्दै सोनमले बायोमा लेखेकी छिन्, ‘मैले १४ वर्षको उमेरमा फिल्म इन्डष्ट्रिमा काम गर्न सुरु गरेँ र १७ मा अवकाश लिएँ । १८ वर्षको उमेरमा कतै हराएँ । ती दशकपछि आफूलाई फिर्ता पाएकी छु ।’

सोनम अभिनेता रजा मुरादकी भतिजी हुन् । उनको वास्तविक नाम बख्तावर खान हो ।’

 

 

सम्बन्धित खबर

चलचित्र विकास बोर्डका नवनियुक्त अध्यक्ष दिनेश डिसीले सोमबार पदभार ग्रहण गरे

Aadarsh Daily

बलिउड जोडी ऐश्वर्या राय र अभिषेक बच्चनको सम्बन्धमा दरार

Aadarsh Daily

प्रभास स्टारर ‘कल्की’ को तेलुगू भन्दा हिन्दी भर्सनको कमाइ धेरै

Aadarsh Daily