Aadarsh-Daily

वीरगञ्ज लगायत देशका विभिन्न ठाउँमा वर्षा, बाढीको जोखिम, सतर्कता अपनाउन आग्रह

ad-4p

वीरगञ्ज । वीरगञ्ज लगायत देशका विभिन्न ठाउँमा गएराति देखि नै पानी परिरहेको छ । काठमाण्डौ, सिन्धुपाल्चोक, मकवानपुर, नवलपरासी, सर्लाहीलगायतका जिल्लामा मुसलधारे पानी परेको छ । सिन्धुपाल्चोक, मकवानपुर, नवलपरासी, सर्लाहीलगायतका जिल्लामा रातिदेखि नै र काठमाण्डौ उपत्यकामा आिज बहानपख ठूलो पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

content ad p2
content left

यस्तै बाढी पूर्वानुमान महाशाखाले सूचना निकालेर मकवानपुर र आसपासमा भएको वर्षाले लाल बकैया खोला, ढुधारा खोला, पूर्व राप्ती नदी र यसका सहायक खोलामा आकस्मिक बाढीको जोखिम भएकाले नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको छ । यस्तै सिन्धुपाल्चोक र काठमाण्डौ उपत्यकाका नदी किनारमा पनि सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

अहिले कोशी प्रदेशका सोलुखुम्बु, सङ्खुवासभा, धनकुटालगायतका जिल्लासहित बागमती र गण्डकी प्रदेशका धेरैजसो ठाउँमा पानी परिरहेको छ । आज दिउँसो पनि कोशी, बाग्मती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा मुसलधारे वर्षाको पनि सम्भावना रहेको मौसम पूर्वानुमान् महाशाखाले जनाएको छ ।

सम्बन्धित खबर

आज देशभर श्रद्धा, भक्ति र धार्मिक आस्थाका साथ हनुमान जयन्ती मनाइँदै

Aadarsh Daily

आज रामनवमी पर्व, श्रद्धा र आस्थाका साथ मनाइँदै

Aadarsh Daily

आज चैती छठको मुख्य दिन : साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिइँदै

Aadarsh Daily