Aadarsh-Daily

कालिकामाईमा गर्भावतीकाे लागि नि:शुल्क एम्बुलेन्स सेवा

ad-4p

वीरगंज । पर्साकाे कालिकामाई गाउँपालिकाले नि:शुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने भएकाे छ । गाउँपालिकाले साेमबार एक सूचना जारी गर्दै गाउँपालिकाका सम्पूर्ण गर्भावती महिलाहरुकाे लागि नि:शुल्क एम्बुलेन्स उपलब्ध गराउने जनाएकाे हाे ।

content ad p2
content left

प्रमुख प्रशासकिय अधिकृत अमित कुमार गिरीद्वारा जारी सूचनामा गाउँ कार्यपालिकाकाे पहिलाे बैठककाे निर्णय अनुसार कालिकामाई गाउँपालिकाका सम्पूर्ण गर्भावती महिलाहरुका स्वास्थ्य जाँच गर्न गाउँपालिकाकाे स्वास्थ्य चाैकीबाट अन्य ठाउँमा स्वास्थ्य जाँच गर्नकाे लागि पठाउँदा गाउँपालिकाद्वारा संचालित एम्बुलेन्सबाट नि:शुल्क सेवा उपलब्ध गाराइने जनाइएकाे छ ।

साे सूचनामा एम्बुलेन्स चालकहरु राजेश महताे काेइरी – ९८०७११९३५२, गाेरख महताे काेइरी – ९८०७१८७८६२ र अरविन्द पटेल – ९८०७२७३१४८ नम्बहरु पनि सार्वजनिक गरिएकाे छ ।

सम्बन्धित खबर

वीरगञ्जमा ४२ ग्रामभन्दा बढी खैरो हेरोइनसहित दुई जना पक्राउ

Aadarsh Daily

लिलामका सामान सस्तोमा दिलाउने भन्दै ठगी : वीरगंजबाट प्रवीण पक्राउ

Aadarsh Daily

गाउँपालिकाको खाता सञ्चालन गर्न उपाध्यक्ष विष्टको आग्रह

Aadarsh Daily