Aadarsh-Daily

फुलकौलका बिधालयमा मा अध्यनरत छात्रछात्रालाई शैक्षिक सामग्री वितरण

ad-4p

वीरगंज-पर्साको बहुदरमाई नगरपालिका वडा नम्बर ७ फुलकौलमा रहेको नेपाल राष्ट्रिय प्राथमिक विद्यालयमा अध्यनरत सबै छात्रछात्राहरुलाई आज बुधबार शैक्षिक सामग्री वितरण गरिएको छ ।

content ad p2
content left

बहुदरमाई नारापालिका वडा नम्बर ७ फुलकौलका वडाध्यक्ष बिरेन्द्र प्रसाद यादवको उपस्तिथीमा विद्यालयका प्रधानाध्यापक नरेश यादवले उक्त शैक्षिक सामग्री वितरण गर्नुभएको छ । त्यस क्रममा बोल्दै वडाध्यक्ष विरेन्द्र प्रसाद यादवले आउने दिनमा यस विद्यालयलाई अग्रेजी माध्यममा संचालन गराउने बताउनुभयो ।

उहाले निजि विद्यालय जस्तै यस बिद्यालयमा शिक्षण सिकाईको वातावरण बनाउने बताउनुभयो । त्यस्तै विद्यालयका प्रधानाध्यापक नरेश यादवले विद्यालयमा अभिभावकहरु आएर बेला बखतमा अनुगम गर्नुपर्ने बताउनुभयो ।

बिद्यालयमा पठनपाठन राम्रो हुदै गरेको बताउदै उहाले चित नबुझे आफै अभिभावकले आएर पनि निरिक्षण गर्न सक्ने बताउनुभयो ।

सम्बन्धित खबर

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily

सर्वोच्चको आदेशपछि विद्यार्थी संगठन खारेज प्रक्रिया स्थगित

Aadarsh Daily

रास्वपाले बारा जिल्ला समिति विघटन गर्‍यो, १५ जनाको सदस्यता खारेज

Aadarsh Daily