Aadarsh-Daily

चिसो बढेपछि कलैयाका सम्पूर्ण विद्यालयमा विदा

ad-4p

वीरगञ्ज, १८ पुष । सोमबारदेखि अचानक बढेको शितलहर र चिसोलाई मध्यनजर गर्दै बाराको कलैया उपमहानगरपालिकाले सम्पूर्ण विद्यालयमा विदा दिएको छ ।

content ad p2
content left

शितलहरले तापक्रम वर्षकै न्यून रहेको र बालवालिकालाई विद्यालय आउन गाह्रो भएपछि  उपमहानगरभित्र रहेका सम्पूर्ण सामुदायिक र संस्थागत (निजी) विद्यालयमा भोलीदेखि ४ दिनसम्मका लागि विदा दिइएको छ ।

कलैया उपमहानगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रह्लाद प्रसाद बरनवालले सोमबार एउटा सूचना जारी गर्दै नगरभित्र रहेका सम्पूर्ण सामुदायिक तथा निजी विद्यालय २०७९ पुष १९ गते मंगलबारदेखि २०७९ पुष २२ गते शुक्रबारसम्मका लागि बढ्दो चिसो र शितलहरलाई मध्यनजर गर्दै विदा दिइएको जनाएका छन् ।

 

सम्बन्धित खबर

वीरगञ्ज कलेजको बिदाई कार्यक्रममा सन्देश : सफलता कलेजले होइन, तपाईंले कमाउनु पर्छ’

Aadarsh Daily

बहुदरमाईमा नवनिर्मित श्री बौधिमाई बिद्यालयको उद्धघाटन

Aadarsh Daily

पालिकासँग विद्यालय समायोजनको विवरण माग

Aadarsh Daily