Aadarsh-Daily

बिन्दवासिनी गाउँपालिकाको प्रथमिकतामा शिक्षा, स्वास्थ्य र कृषि

ad-4p

पर्सा । पर्साको बिन्दवासिनी गाउँपालिकाको आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम सार्वजनिक भएकाे छ । बिन्दवासिनी गाउँपालिका ११औँ गाउँसभाबाट आगामी आर्थिक वर्ष २०७९/८० को लागि नीति तथा कार्यक्रममा गाउँपालिका अध्यक्ष प्रमोद तिवारीले २९ करोड ५० लाखको अनुमानित बजेट लयाउने बताए । तिवारीले आगामी वर्षको नीति तथा कार्यक्रममा शिक्षा, स्वास्थ्य र कृषिलाई पहिलो प्राथमिकतामा राखिएको बताए । विकास निर्माणका कार्यक्रमलाई समयमै सम्पन्न गर्दै बजेट फ्रिज हुन् नदिन आफ्नो प्रमुख प्रथमिकता रहेको गाउँपालिका अध्यक्ष तिवारीले बताए । उनले यसका लागि जनप्रतिनिधि र कर्मचारीहरुको सहयोग अपरिहार्य भएको बताए ।

content ad p2
content left

गाउँपालिकाको बिकासमा जनसमुदाय र राजनितीकर्मी हरु संग राय सुझाव र सहयोग लिएर अगाडि बढने अध्यक्ष तिवारी ले बताए ।गाउँसभा तथा नीति तथा कार्यक्रममा बोल्दै गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत राजु साहले गत वर्षहरुको तुलनामा यसपटक बिन्दवासिनीको नीति तथा कार्यक्रमले सबै क्षेत्रलाई समेटेको बताए ।उनले शिक्षा, स्वास्थ्य, कृषि, भौतिक पूर्वाधार विकास, रोजगार, महिला बालबालिकाको हकहितमा जस्ता सम्पूर्ण महत्वपूर्ण विषयलाई नीति तथा कार्यक्रममा प्रथामिकता दिइएको बताए ।

गाउँसभामा गाउँपालिकाको वडा नम्बर १ का वडा अध्यक्ष अछेलाल महतो, वडा नम्बर २ का वडा अध्यक्ष मुक्तिनाथ प्रसाद कुर्मी, ३ का वडा अध्यक्ष जय प्रकाश चौरसिया, ४ का अनोज चौरसिया, ५ का मोहन राउत अहीर, कार्यपालिका सदस्य कुसमीकुमारी देवी, मान्ती देवी, रिमा देवी, धनपति तत्मीन, शम्भुप्रसाद बरै, असोक गुप्ता ,वडा सदस्य, कर्मचारी पत्रकार, सुरक्षाकर्मी, लगायतको उपस्थिती रहेको थियो । कार्यक्रम संचालन समाजिक शाखा प्रमुख रामप्रवेश साहले गरेका थिए ।

सम्बन्धित खबर

आजदेखि दोस्रो आर्थिक गणना शुरू

Aadarsh Daily

अख्तियारको कारबाही: जनकपुर परिषदका अध्यक्षसहित ६ जना भ्रष्टाचार मुद्दामा

Aadarsh Daily

अर्थमन्त्री वाग्लेले स्पष्ट पारे: मुलुकमा नोटबन्दी हुने छैन

Aadarsh Daily