Aadarsh-Daily

स्विडेनलाई हराउँदै स्पेन महिला विश्वकप फुटबलकाे फाइनलमा

ad-4p

काठमाण्डाै – स्विडेनलाई हराउँदै स्पेन फिफा महिला विश्वकप फुटबलको फाइनलमा पुगेको छ । आज मङ्गलवार न्युजिल्यान्डकाे अकल्यान्डमा रहेको इडेन पार्क मैदानमा स्विडेनलाई २–१ गोलले हराउँदै स्पेन उपाधि नजिकै पुगेको हो ।

content ad p2
content left

खेलको ८१ औँ मिनेटमा गोल गर्दै अइनगोनोले स्पेनलाई अग्रता दिलाएकी थिइन् । ८८ मिनेटमा स्विडेनकी रेबिकाले गोल गरेर खेल १–१ गोलको बराबरीमा ल्याइन् । तर एक मिनेटभित्रै स्पेनकी कारमोनाले गोल गरेर टोलीलाई फाइनलमा पुर्‍याइन् ।

स्विडेनले क्वाटरफाइनलमा जापानलाई तथा स्पेनले नेदरल्यान्ड्सलाई हराएको थियो । स्पेनले उपाधिका लागि भोलि सिड्नीमा हुने अस्ट्रेलिया र इङ्ग्ल्यान्डबीचको विजेतासँग खेल्नेछ । अस्ट्रेलिया यो विश्वकपको आयोजक टोली हो ।

गएको जुलाई २० तारिखदेखि शुरु भएको महिला विश्वकपमा ३२ टोली सहभागी थिए । फाइनल खेल अगस्ट २० तारिखमा हुनेछ ।

 

सम्बन्धित खबर

एनपीएल : विराटनगर किंग्सले सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले हरायो

Aadarsh Daily

यूएईले एसीसी १९ वर्षमुनिको प्रिमियर कप क्रिकेट फाइनलमा नेपाललाई १४८ रनको लक्ष्य दियो

Aadarsh Daily

चितवनलाई ५३ रनले हराउँदै काठमान्डुकाे तेस्राे जीत

Aadarsh Daily